बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री दीयाले भनिन्, ‘यस्ता कठिनाईपछि पनि मेरो आँखामा हेर्नुभयो भने आनन्द देख्नुहुनेछ’

बिहीबार, ०९ असार २०७९, १४ : ३९
बिहीबार, ०९ असार २०७९

अभिनेत्री दीया पुनले सगरमाथा आरोहणका क्रममा भोग्नुपरेका विभिन्न समस्याबारे कुरा गरेकी छिन् ।

उनले बिहिबार आफ्नो सामाजिक सञ्जालमा सगरमाथा आरोहणका क्रममा डढेको अनुहारको सेल्फी पोस्ट गर्दै समस्याबारे बताएकी छिन् । उक्त तस्बिरसँगै उनले लेखेकी छिन्, ‘ सायद निद्राको कमी, डिहाइड्रेशन, हावा र घामको सम्पर्कपछि होला,  छालामा रातो, सुख्खा र गाढा धब्बा देखिएका छन् । क्याम्प टुमा पहिलो रोटेशनमा जाँदै गर्दा मात्र मैले आफ्नो अनुहार राम्रोसँग ढाक्न सिकेँ । तर जब तपाईं अत्यधिक थाक्नुहुन्छ नि त्यतिबेला तपाईंले सोच्ने अन्तिम कुरा भनेको आफ्नो छालालाई चरम अवस्थाबाट जोगाउनु हो । चिपिक्क परेको कपाल, पछिल्लो पटक कहिले नुहाएको थिएँ भन्ने कुरा बिर्सिएको थिएँ । तर यी सबै कठिनाइका बावजुद यदि तपाईंले मेरो आँखामा हेर्नुभयो भने तपाईंले पहाड चढ्दाको आनन्द देख्नुहुनेछ ।’

उनले जेठ १३ गते शुक्रबार सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप