शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

कलंकीमा सार्वजनिक शौचालय बनाउनका लागि जग्गा उपलब्ध गराउन महानगरपालिका सकारात्मक

बिहीबार, ०९ असार २०७९, १४ : ३८
बिहीबार, ०९ असार २०७९

काठमाडौं महानगरपालिकाले कलंकीमा सार्वजनिक शौचालय बनाउनका लागि जग्गा उपलब्ध गराउन सकारात्मक जवाफ दिएको छ । महानगरपालिकाका मेयर बलेन्द्र शाहले  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन तथा व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताएका हुन् । 

बिहीबार भएको भेटका क्रममा अध्यक्ष कुल आचार्यले गत वर्ष नै टेण्डर आह्वान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको जानकारी दिएका थिए ।  यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका गरे । त्यस्तै फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि जानकारी गराएका थिए । 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेशकुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवासीय नेपाली संघ हरदम तयार रहेको बताए ।   भेटको क्रममा मेयर शाहले काठमाडौंको कला संस्कृति,सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त पनि गैरआवासीय नेपाली संघलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप