बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

बिहीबार, ०९ असार २०७९, १४ : १६
बिहीबार, ०९ असार २०७९

काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत अवस्थामा फेला परेकी छन् । 

बुढानिलकण्ठ नगरपालिका–८ स्थित निर्माणाधिन घरमा काम गर्ने उनी सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मालमुल फाटको भष्मेटो भिरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् । 

दाङको लमही नगरपालिका–१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको आधिखोला गाउँपालिका–६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका–२ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको बीरगंज महानगरपालिका–१६ स्थित माइडिया पोखरी नजिकै हाल पहिचान नखुलेका करिब ५५ वर्षीय  पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप