सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
बिहीबार, ०९ असार २०७९, १४ : ०८
सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी छिन् । प्रदेश नम्बर२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान ९ बजे भएको सवारी दुर्घटनामा संलग्न टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन