शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री
बिहीबार, ०९ असार २०७९, १३ : ५५
अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘जवान’ मा दीपिका पादुकोण पनि देखिने भएकी छन् । फिल्मको मुख्य भूमिकामा नभएर उनी केमियामा देखिन लागेकी हुन् । दीपिका शाहरुखको साथ ‘पठान’ मा पनि देखिँदैछिन् ।
मिडिया रिपोर्टका अनुसार ‘जवान’ मा दीपिकाको छोटो भएपनि महत्वपूर्ण भूमिका रहनेछ । फिल्मको बिषयमा निर्माण युनिट र दीपिकाबीच सहमति भएपनि कागजी सम्झौता भने हुन बाँकी छ । रिपोर्टकाअनुसार हालै शाहरुख हैदरावाद गएका थिए । त्यहाँ उनको दीपिकासँग भेट भएको थियो । त्यही दीपिकासँग फिल्मको विषयमा उनले कुराकानी भएको बताइन्छ ।
फिल्म ‘जवान’ मा शाहरुखको अलवा नयनतार, राणा दग्गुबाती, सान्या मल्होत्रा र सुनील ग्रोवरको मुख्य भूमिका रहनेछ । रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म एटलीले निर्देशन गर्दैछन् । फिल्म आगामी वर्ष २ जुनमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर