शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाही परिवारमा जन्मिए, पाइलटको जागिर छोडेर बलिउडमा चम्किए, क्यान्सरले लियो ज्यान

बिहीबार, ०९ असार २०७९, १३ : ५४
बिहीबार, ०९ असार २०७९

आज हिन्दी सिनेमाका अभिनेता रहमानको १०१ औँ जन्मजयन्ती हो । रहमान ‘प्यार की जीत’, ‘बडी बहन’, ‘परदेस’, ‘प्यासा’ जस्ता फिल्मका लागि परिचित छन् । सन् १९४० देखि १९७० को दशक सम्म रहमानले धेरै बलिउड चलचित्रहरूमा अभिनय गरे । उनको अनुहारको निर्दोषता र आवाजको मानिस पारखी थिए ।

रहमान पाकिस्तानको शाही पस्तुनी परिवारका सदस्य थिए र उनले धेरै लेखपढ पनि गरेका थिए । रहमानले भारतीय वायुसेनामा जागिर पाए तर अभिनयप्रतिको लगावका कारण उनले त्यो जागिर छोडेर बम्बई गए र अभिनेता बने । उनको पहिलो फिल्मको कथा पनि निकै रोचक छ ।

वास्तवमा, एक दिन निर्देशक पस्तुनी पगडी बाँध्न सक्ने व्यक्तिको खोजीमा थिए ।  रहमान पस्तुन थिए त्यसैले यो अवसर उनले पाए । त्यसपछि रहमानले पगडी बाँध्न सक्ने भएरै आफ्नो पहिलो भूमिका पाए र यससँगै उनको करियर सुरु भयो । आज उनको जन्मजयन्तिको मौकामा उनको बलिउड यात्राबारे जानकारी लिऔँ ।

शाही परिवारमा जन्मिए

रेहमान खानको जन्म २३ जुन १९२१ मा भारतमा अंग्रेजहरूको शासन हुँदा शाही पस्तुन परिवारमा भएको थियो । लाहोरमा जन्मेका रहमान देशको स्वतन्त्रतापछि भारतमा बसाइँ सरेका थिए । पढाइमा उनी सुरुदेखि नै अब्बल थिए, त्यसैले जबलपुरको रोबर्टसन कलेजबाट पढेपछि उनी भारतीय वायुसेनाको तालिम लिएर फोर्समा भर्ना भए । यहाँ रहमानले पाइलटको काम पनि पाए ।

अभिनयका लागि वायुसेना छाडेर बम्बई गए

रहमानलाई वायुसेनाको जागिरमा फिटिक्कै पनि मन लागेको थिएन किनभने उनलाई आफ्नो कद, उचाइए र बुलन्द आवाजले एक अभिनेताको महसुुस गराउँँथ्यो । त्यसपछि रहमान वायुसेनाको जागिर छोडेर बम्बई अर्थात् मुम्बई तिर लागे । त्यहाँ गएर उनले निर्देशक तथा लेखक विश्राम बेडेकरसँग थर्ड असिस्टेन्ट डायरेक्टरको रुपमा काम गर्न थाले ।

गुरु दत्तको टोलीमा समावेश भए

कामकै क्रममा रहमानको गुरु दत्तसँग भेट भयो । यस्तो अवस्थामा उनी उनको टिममा जोडिए र धेरै उत्कृष्ट फिल्म बनाए । जसमा सन् १९४८ को ‘प्यार की जीत’, सन् १९४९  को ‘बिग बहन’, सन् १९५० को ‘परदेस’, सन् १९६० को ‘चौधवी का चांद’, सन् १९६२ मा ‘साहिब बीबी’ र ‘गुलाम’ जस्ता उत्कृष्ट फिल्महरू पर्छन् ।

 


सुरैयासँग बिहे गर्न चाहन्थे

रहमानको मुख्य अभिनयको रुपमा ‘प्यार की जीत’ र ‘बडी बहन’ ठूलो हिट थियो । यी दुवै फिल्ममा रहमान अभिनेत्री सुरैयासँग देखिएका थिए । यस्तो अवस्थामा रहमान सुटिङ गर्दा गर्दै सुरैयासँग प्रेममा परे । रहमान सुरैयासँग विवाह पनि गर्न चाहन्थे, तर सुरैया पहिले नै  देव आनन्दको प्रेममा थिइन् । उनको सुरैयासँगको फिल्म ‘प्यार की जीत’  को एउटा गीत ‘एक दिल के टुकडे हजार ये, एक यहा गिरा एक वहां गिरा’ अत्यधिक चर्चित भयो । रहमानले पछि मधुबालासँग ‘पारस’ र ‘परदेस’ फिल्ममा काम गरे । दुबै फिल्म हिट साबित भए ।

पाकिस्तानी फिल्ममा परिवार सक्रिय रहे पनि रहमानलाई भारत मन पर्थ्यो

विभाजनपछि रहमानको अधिकांश परिवार पाकिस्तानमा बसे तर रहमान आफ्नो परिवारसँग भारत आएका थिए । उनका भतिजा फैजल रहमान पाकिस्तानका उत्कृष्ट अभिनेता मध्ये एक हुन् । उनका अर्का भतिजा फसिह उर रहमान पाकिस्तानमा शास्त्रीय नर्तक हुन् । उनका भतिजा मसूद उर रहमान पाकिस्तानका प्रसिद्ध सिनेमेटोग्राफर हुन् ।

क्यान्सरले आवाज गुम्यो

रहमान आफ्नो स्वरका कारण परिचित थिए । उसको ‘बोल्ड’ आवाजले उनलाई भिन्न परिचय दिलाएको थियो । सन् १९७७ सम्म, उनलाई तीनपटक हृदयघात भएको थियो, तर पनि उनको हौसला कतै चुकेको थिएन । तर क्यान्सरले उनलाई भित्रैदेखि विक्षिप्त बनायो । वास्तवमा रहमानलाई रक्सीको लत थियो, जसका कारण उनलाई घाँटीको क्यान्सर भयो र उनको जोसिलो आवाज गुम्यो । रहमानले लामो रोगसँग लड्दै सन् १९८४ मा यो संसारबाट बिदा भए । तर अन्तिम समयमा उनको मुखबाट एउटा पनि शब्द निस्कन नपाउँदा भने यसले धेरैलाई दुःखी तुल्यायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप