जनमोर्चाको चेतावनी : गैर नेपालीलाई वंशजको नागरिकता दिने प्रावधान अमान्य

सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान नागरिकता विधेयकमार्फत आए अमान्य हुने चेतावनी पनि दिएको छ ।
बुधबार बेलुका सत्ता गठबन्धन दलबीच संसदमा विचाराधीन नागरिकता विधेयक परिमार्जनसहित अघि बढाउने सहमति भएको थियो । तर राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै असार ८ गते राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धनको बैठकमा संसदमा प्रस्तुत विवादित नागरिकता विधेयक सरकारले फिर्ता लिई सहमतिमा नागरिकता विधेयक तयार पारेर संसदमा प्रस्तुत गर्नेबारे छलफल भएपनि कतिपय सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारले भ्रम सिर्जना गरेकाले स्पस्ट पार्न जरुरी रहेको बताएकी छन् ।
जनमोर्चाले वैवाहिक अंगीकृत नागरिकता दिने सवालमा नेपाली पुरुष नागरिकले विदेशी महिला नागरिकसँगै विवाह गर्ने वित्तिकै र उक्त विदेशी महिलाले आफ्नो मुलुकको नागरिकता परित्याग नगरी नेपाली नागरिकता प्राप्त गर्ने कुनै पनि प्रकारको व्यवस्थाको विरोध गर्दै आएको छ । ‘अंगीकृत नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिकबाट जन्मेका सन्तानको हकमा अंगीकृत नेपाली नागरिकता प्राप्त गरेपछि निजहरुबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिइनु पर्दछ भन्नेमा पनि हामी प्रष्ट छौँ’, जनमोर्चाले भनेको छ ।
साथै उसले नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिला नागरिकले विवाह गरेमा आफ्नो मुलुकको नागरिकता त्यागेको सात वर्षपछि मात्र निजलाई वैवाहिक अंगीकृत नागरिकता राज्यले दिनुपर्ने जनाएको छ । ‘तर सात वर्षको दौरानमा निज महिलालाई राजनीतिक बाहेकका अन्य अधिकार प्रदान गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ