जनमोर्चाको चेतावनी : गैर नेपालीलाई वंशजको नागरिकता दिने प्रावधान अमान्य
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान नागरिकता विधेयकमार्फत आए अमान्य हुने चेतावनी पनि दिएको छ ।
बुधबार बेलुका सत्ता गठबन्धन दलबीच संसदमा विचाराधीन नागरिकता विधेयक परिमार्जनसहित अघि बढाउने सहमति भएको थियो । तर राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै असार ८ गते राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धनको बैठकमा संसदमा प्रस्तुत विवादित नागरिकता विधेयक सरकारले फिर्ता लिई सहमतिमा नागरिकता विधेयक तयार पारेर संसदमा प्रस्तुत गर्नेबारे छलफल भएपनि कतिपय सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारले भ्रम सिर्जना गरेकाले स्पस्ट पार्न जरुरी रहेको बताएकी छन् ।
जनमोर्चाले वैवाहिक अंगीकृत नागरिकता दिने सवालमा नेपाली पुरुष नागरिकले विदेशी महिला नागरिकसँगै विवाह गर्ने वित्तिकै र उक्त विदेशी महिलाले आफ्नो मुलुकको नागरिकता परित्याग नगरी नेपाली नागरिकता प्राप्त गर्ने कुनै पनि प्रकारको व्यवस्थाको विरोध गर्दै आएको छ । ‘अंगीकृत नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिकबाट जन्मेका सन्तानको हकमा अंगीकृत नेपाली नागरिकता प्राप्त गरेपछि निजहरुबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिइनु पर्दछ भन्नेमा पनि हामी प्रष्ट छौँ’, जनमोर्चाले भनेको छ ।
साथै उसले नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिला नागरिकले विवाह गरेमा आफ्नो मुलुकको नागरिकता त्यागेको सात वर्षपछि मात्र निजलाई वैवाहिक अंगीकृत नागरिकता राज्यले दिनुपर्ने जनाएको छ । ‘तर सात वर्षको दौरानमा निज महिलालाई राजनीतिक बाहेकका अन्य अधिकार प्रदान गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण