बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘लाखे’

बिहीबार, ०९ असार २०७९, १३ : ०६
बिहीबार, ०९ असार २०७९

फिल्म ‘लाखे’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । पोष्टरमा कलाकारले बिभिन्न प्रकारका मुकुण्डो लगाएको तस्बिरले प्रथामिकता पाएको छ ।

सम्राट बस्नेतको निर्देशक रहेको मल्टिस्टार फिल्म ‘लाखे’ मा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु राना लगायत कलाकारको मुख्य भूमिका छ ।

काठमाडौँ, मुस्ताङ लगायतको स्थानमा छायाङ्कन भएको फिल्म ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्म ३१ भदौमा प्रदर्शनमा आउँदैछ ।  फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप