
सन्दीप क्षेत्रीको धनगढीमा प्रस्तुति, प्रवेश निःशुल्क

स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार (असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेसनहरु गर्नेछन् । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतिसमेत रहनेछ ।
कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ ।
आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । निःशुल्क इन्ट्री टिकट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ