बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक

बिहीबार, ०९ असार २०७९, १२ : ५४
बिहीबार, ०९ असार २०७९

गायिका मेलिना राई र गायक निशान भट्टराईको मिठासपूर्ण स्वर रहेको गीत ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका हुन् । प्रमोद भट्टराईको शब्द रहेको गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । गीतमा शब्दमा प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि संघर्षमा विश्वास गर्न अनुरोध गरिएको छ । 

भिडियोमा मोडलद्वय अनु पराजुली र लोमस शर्माको नृत्य रहेको छ । फर्पिङ आसपासका स्थानमा छायाङ्कन भएको भिडियोलाई विनोद बमले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप