
प्रतीक्षाको घडी सकियो : अब हामी पनि सुरक्षित (फोटोफिचर)


लामो समयको पर्खाइपछि बालबालिकाले पनि कोरोनाभाइरसविरुद्धको खोप पाउन थालेका छन् । बिहीबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु भएको हो । अमेरिकाले अनुदानमा दिएको फाइजर बायोएनटेक खोप यही असार ५ मा काठमाडौं आएसँगै पहिलो चरणमा आजदेखि २७ जिल्लामा खोप अभियान सुरु भएको हो ।
खोप अभियानको पहिलो दिन नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयलाई पनि खोप केन्द्रमा रुपान्तरण गरि खोप लगाउन सुरु गरिएको छ । खोप लगाउँदा केही बालबालिका डराएर रुने भए पनि यसले उनीहरुलाइ कोरोनाबाट बचाउने हुँदा खसी लागेको अभिभावकले प्रतिक्रिया दिए ।
बिहीवारदेखि सुरु भएको अभियानबाट काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । साथै अहिलेको यो खोप अभियान मार्फत देशभरिका करिब ३९ लाख बालबालिकालाई खोप लगाइने उद्देश्य पनि मन्त्रालयले राखेको छ ।
अभियानमा बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ। यस्तै, दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ।
पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली र विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइँदै छ । विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइने छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- June 23, 2022, 2:51 p.m. Pradip KhadkaTRIAL VACCINE HO BHBISYAMA J PANI HUNA SAKXA HSH GARAU.
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।