विप्लव समूह छोडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने तयारी
नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । । माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन् ।
विप्लव समूह छाडेका चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने प्रचण्ड निकट एक प्रभावशाली नेताले बताए । ‘विप्लव समूह छाडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने कुरा ओपन सेक्रेट जस्तै छ । उहाँहरु छिट्टै यसैसाता पार्टी प्रवेश गरेको सुखद खबर सुन्न पाउनुहुनेछ ’ ती माओवादी प्रभावशाली नेताले भने, ‘विप्लव समूहबाट पुनसहित चार केन्द्रीय सदस्य मात्रै होइन अरु ठूलो संख्यामा नेता कार्यकर्ता माओवादी प्रवेश गर्नु हुनेछ ।’ प्रचण्डले समेत केही दिनअघिको एक कार्यक्रममा माओवादी धारहरु एकीकृत र ध्रुवीकृत हुने संकेत देखिँदै गएको बताएका थिए ।
प्रचण्डले बोलेको हप्तादिन वित्न नपाउँदै पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्न लागेका हुन् । पुनसहित माओवादी प्रवेश गर्नेमा केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी, रमेश परियार छन् । खड्का पूर्व संविधानसभा सदस्य एवम् सेती ब्यूरो इन्चार्जको जिम्मेवारीमा छन् । धामी महाकाली इन्चार्ज छन् भने परियार कञ्चनपुर जिल्ला इन्चार्ज हुन । पुनसहित चार नेताले पार्टी छोडेपछि विप्लव समूहमा खैलाबैला मच्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण