बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यति समयसम्म एउटा खुट्टामा उभिन सक्नुहुन्नँ ? मृत्युको खतरा बढी

बिहीबार, ०९ असार २०७९, ११ : २२
बिहीबार, ०९ असार २०७९

व्यायाम र योग गर्ने बेला धेरैजसो मानिस शरीरमा सन्तुलन स्थापित गर्न सक्दैनन् । तपाईंलाई पनि यस्तै हुन्छ ? यदि हुन्छ भने यो खबर तपाईंका लागि महत्वपूर्ण हुनसक्छ । यदि तपाईंलाई पनि एउटा खुट्टामा उभिन समस्या भइरहेको छ भने यो एउटा यस्तो गम्भीर समस्याको संकेत हुनसक्छ जसबारे तपाईंले सोच्नुसमेत भएको छैन होला ।

ब्रिटिश जर्नल अफ स्पोर्टस् मेडिसिनमा छापेको एक अनुसन्धान अनुसार मध्यम आयु वर्ग र वृद्ध–वृद्धा जो १० सेकेन्डका लागि एउटा खुट्टामा सन्तुलन स्थापित गर्न सक्दैनन् भने उनीहरुको मृत्युको खतरा १० वर्षमा लगभग दोब्बर हुने गर्छ । तपाईं कति राम्रोसँग आफ्नो शरीरलाई ब्यालेन्स गर्न सक्नुहुन्छ, त्यसमा नै तपाईंको स्वास्थ्यबारे पत्ता लाग्छ । यसअघि भएको अर्को एउटा अनुसन्धानमा जो व्यक्ति एउटा खुट्टामा उभिएर आफ्नो शरीरलाई ब्यालेन्स गर्न सक्दैनन्, उनीहरुमा स्ट्रोकको खतरा असाध्यै धेरै हुने बताइएको छ ।

यसका लागि यूके, अमेरिका, अष्ट्रेलिया, फिनल्याण्ड र ब्राजिलका विज्ञले १२ वर्षसम्मको अनुसन्धान गरेका छन् जसमा मध्यम आयु वर्ग र वृद्ध व्यक्ति जो १० सेकेन्डसम्म एउटा खुट्टामा उभिएर शरीरलाई सन्तुलित बनाउन सक्दैनन् उनीहरुमा १० वर्षमा मृत्युको खतरा दोब्बर बढ्ने गर्छ ।

जो व्यक्ति यो परीक्षणमा फेल भए, उनीहरुको स्वास्थ्य असाध्यै खराब पाइयो । १० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्ने मानिसमा टाइप–टु डायबिटिजको समस्या परीक्षणमा सफल भएका मानिसको तुलनामा बढी नै थियो । यस्ता मानिसमा मोटोपना, उच्च रक्तचाप, मुटुरोगको समस्या धेरै नै देखिने गर्छ ।

अनुसन्धानका प्रमुख शोधकर्ता डाक्टर क्लाडिओ गिल अराजुओले भने, ‘मलाई लाग्छ कि शरीरको खराब सन्तुलनको प्रत्यक्ष सम्बन्ध खराब जीवनशैलीसँग छ । यसको अर्थ यो हो कि यी मानिस शारीरिक रुपमा सक्रिय र व्यायाम गर्दैनन् । वृद्ध–वृद्धा धेरैजसो लडेर घाइते हुन्छन् वा उनीहरुको हड्डी भाँच्चिने गर्छ । खराब ब्यालेन्सलाई योसँग जोडेर हेर्न सकिन्छ । उनले भने, ‘मेरो हिसाबले ५१–७५ वर्षका वृद्ध–वृद्धाको रुटिन हेल्थ चेक अपमा ब्यालेन्स टेस्टलाई पनि समावेश गर्नुपर्छ ।’

के भन्छ अनुसन्धान ?

अनुसन्धानमा ५१ देखि ७५ वर्षका कुल १७०२ मानिसलाई समावेश गरिएको छ । यो अनुसन्धान सन् २००८ देखि २०२०  सम्म चल्यो । सुरुमा सबै सहभागीलाई कुनै सहाराबिना १० सेकेन्डका लागि खुट्टामा उभिन भनियो । यतिबेला सहभागीलाई एउटा खुट्टालाई अर्को खुट्टाको पछाडि राख्न र दुबै हातलाई साइडमा राख्न भनियो । एउटा खुट्टामा उभिनका लागि उनीहरुलाई तीन मौका मात्रै दिइयो ।

अनुसन्धानका बेला ५ मध्ये १ व्यक्ति परीक्षणमा फेल भए । परीक्षणको १० वर्षभित्र १२३ जनाको विभिन्न कारणले मृत्यु भयो । मृत्यु हुनेमा यस्ता मासिनको संख्या बढी थियो, जो यो परीक्षणमा पास हुन सकेका थिएनन् ।

अनुुसन्धानकर्ताले यो शोधका केही सीमा भएको जानकारी दिँदै यसमा सबै सहभागी ब्राजिलका नागरिक भएको बताए । उनीहरुका अनुसार यो अनुसन्धानको नतिजा अन्य जाती वा देशमा पूर्ण रुपमा लागू नहुन पनि सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप