शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेललाई भित्र्याउने कार्डिफ सिटीको प्रयास

बिहीबार, ०९ असार २०७९, ११ : ०५
बिहीबार, ०९ असार २०७९

गेराथ बेललाई भित्र्याउन कार्डिफ सिटीले उनका प्रतिनिधिहरूसँग छलफल अघि बढाएको छ । रियल म्याड्रिड छाडेपछि ३२ वर्षीय बेल हाल फ्रि–ट्रान्सफरमा उपलब्ध छन् । बेलका प्रतिनिधिहरूले कार्डिफका अध्यक्ष मेहमत डालम्यानसँग छलफल गरिरहेको पुष्टि गरेका छन् ।

यद्यपि, दुई पक्षबीच सम्झौता भने भइसकेको छैन । बेलका प्रतिनिधिहरू अन्य क्लबसँग पनि छलफलमा रहेका छन् । पाँच पटकका च्याम्पियन्स लिग विजेता बेल अमेरिकाको मेजर लिग सकरमा जाने तथा टोटनह्याम फर्कने चर्चा पनि रहेको छ । 

कार्डिफमा जन्मेर त्यहीँ हुर्केका बेल हाल वेल्सलाई विश्वकपमा सफलता दिलाउन केन्द्रित रहेका छन् । कार्डिफ र वेल्स फुटबल एसोसिएसनको ट्रेनिङ ग्राउन्ड एउटै रहेकाले बेल उनीहरूसँग नजिक रहेर काम गर्न पाइरहेका छन् ।

तर सन् २०१३ मा विश्व कीर्तिमानी ८.५ करोड पाउन्डमा रियल म्याड्रिडसँग अनुबन्ध गरेका बेल च्याम्पियनसिप टोलीसँग आबद्ध हुन्छन् भन्नेमा धेरैले आशङ्का व्यक्त गरेका छन् । बेलले रियलमा एक हप्तामा ६ लाख पाउन्ड कमाउँथे जुन कार्डिफको पुरै टोलीले एक हप्तामा कमाउनेभन्दा बढी हो ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप