ad
x

‘दोख’ को टिजरमा सशस्त्र द्वन्द्वका कथा

person explore access_timeअसार ९, २०७९ chat_bubble_outline0

२४ असारबाट प्रदर्शनमा आउने फिल्म हो ‘दोख’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले नयाँ टिजर सार्वजनिक गरेको छ । टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री दिया मास्के, मनिष निरौला लगायत देखिएका छन् ।


अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण भएको हो । राजन कठेतको लेखन रहेको फिल्ममा दीया, मनिषको अलवा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारको अभिनय छ ।



सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई जोडिएका छन् ।  शैलेन्द्र डी.कार्कीको छायाङ्कन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।