बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुढानिलकण्ठको भंगालमा महिलाको हत्या

बलात्कारपछि हत्या आशंका, एकजना पक्राउ
बिहीबार, ०९ असार २०७९, ११ : ००
बिहीबार, ०९ असार २०७९

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा एकजना महिलाको हत्या भएको छ । बुढानिलकण्ठ–३ घर भएकी ४० वर्षीय फुलमाया सुनारको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

बुधवार मध्यान्ह भंगालमा निर्माणाधीन घरमा फुलमायाको शव फेला परेको थियो । हत्या आरोपमा प्रहरीले बाग्लुङ घर भएका लक्ष्मीनारायण केसीलाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका केसी सो निर्माणाधीन घरको चौकीदार हुन् ।

मृतकको भित्री कपडा च्यातिएको र घटनास्थलबाट ढाटा फालेको अवस्थामा भेटिएको छ । फुलमायाको शव निर्माणाधीन घरको भुइँतलामा भेटिएको हो । सो घरको माथिल्लो तलामा आरोपी बस्दै आएका थिए । मृतक केही दिनअघि काम खोज्दै सो भवनमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप