बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले फेरि गर्‍यो पाकिस्तानको उद्धार

बिहीबार, ०९ असार २०७९, १० : ५२
बिहीबार, ०९ असार २०७९

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार चिनियाँ बैंक र पाकिस्तानको समूहले २.३ अर्ब डलरको ऋण सहजीकरण सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् । यसपछि अबको केही दिनमा नगदको संकटसँग जुधिरहेको मुलुकले केही राहत पाउने अपेक्षा गरिएको छ । 

मिफ्ताह इस्माइलले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘चीनको समूह अफ बैंकले आज २.३ अर्ब डलर ऋण सुविधामा हस्ताक्षर गरेको छ । पाकिस्तानले एक दिनअघि यो सम्झौतामा हस्ताक्षर गरेको थियो। हामी यसका लागि चिनियाँ सरकारलाई धन्यवाद दिन्छौँ। ”

चिनियाँ सरकारको यो कदमलाई लिएर पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले ट्वीट गर्दै लेखेका छन्, ‘चीनका राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यी र चीनका जनतालाई धन्यवाद । चिनियाँ बैंकहरूको समूहले २.३ अर्ब डलर ऋण सुविधा दिने सम्झौतामा हस्ताक्षर गरेका छन् । पाकिस्तानका जनता आफ्नो संधैको मित्र चीनप्रति आभारी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप