हैजा नियन्त्रण गर्न सरकारले थाल्यो काम

सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ। राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोली बनाएर कामलाई तिव्रता दिइएको हो । टोलीको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाल रहेका छन् ।
परीक्षण गर्दा काठमाडौंको बागबजारका दिदी बहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । केही दिन अघि एकै परिवारका दुई दिदी बहिनीमा देखिएको हैजा धारा र ट्युबवेलको पानीबाट संक्रमण भएको पुष्टि भएको हो । यसले उपत्यकामा हैजा फैलिसकेको आशंका गरिएको छ ।
उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नमुना परीक्षण गर्दा उनीहरुले पिउने पानीको इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको महाशाखाका निर्देशक डा चुम्मनलाल दासले जानकारी दिए ।
उनका अनुसार इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । हैजा देखिएका अन्य क्षेत्रको पानीको पनि नमुना परीक्षण भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड