आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गोरखा र कास्कीमा चार म्याग्निच्युडमाथिका दुई भूकम्प

बिहीबार, ०९ असार २०७९, १० : ३४
बिहीबार, ०९ असार २०७९

गोरखा र कास्की केन्द्रबिन्दुर भएर बुधबार दुई वटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार गोरखा केद्रबिन्दु भएर ४.१ म्याक्निच्युडको भूकम्प गएको छ भने कास्की केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको गएको छ । 

केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर गएको भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको थियो भने गोरखा केन्द्रबिन्दु भएर बिहान ७ बजेर २२ मिनेटमा गएको थियो । 

भूकम्पको धक्का गोरखा, कास्की, लमजुङ, तनहुँलगायतका जिल्लामा महसुश गरिएको थियो । यद्यपि भूकम्पबाट क्षति भएको विवरण भए कतैबाट आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप