लापरबाही गरेको भन्दै म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले हत्याको मुद्दामा सुनुवाइ गर्न आदेश दिएका हुन् ।
म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको थियो । उनले एक महिनाअघि मस्तिष्कमा रगत जमेको शल्यक्रिया गराएका थिए । उनी घरमा नै यसको उपचार गराइरहेका थिए । उनको मृत्युको केही दिनपछि नै अर्जेन्टिनाका अभियोजकहरुले उनको उपचारको संलग्न डाक्टर तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।
म्याराडोनाको मृत्युबारे अध्ययन गर्न बनाइएको २० जना विज्ञहरूको प्यानलले उनको मेडिकल टिमले ‘अनुपयुक्त, कमजोर र लापरवाह तरिका’ ले काम गरेको ठहर गरेको थियो । म्याराडोनाले राम्रो उपचार पाएको भए उनी बाँच्ने सम्भावना बढी हुने पनि प्यानलको ठहर थियो ।
मुद्दा खेप्नेमा म्याराडोनाका न्युरोसर्जन र व्यक्तिगत डाक्टर लियोपोल्डो लुके, एकजना साइकियाट्रिस्ट, दुई डाक्टर, दुई नर्स र उनीहरूको मालिकलगायत रहेका छन् । सबैले उक्त आरोपको खण्डन गरेका छन् । अभियोग पुष्टि भए उनीहरूलाई ८ देखि २५ वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ । सुनुवाइको मिति तय गर्न भने बाँकी रहेको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री