शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न, थर्ड आई उत्कृष्ट

बिहीबार, ०९ असार २०७९, ०९ : २२
बिहीबार, ०९ असार २०७९

दुई दर्जन नेपाली लघु चलचित्र बीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड आशुतोष प्रोडक्सनको फिल्म थर्ड आईले जितेको छ । 

काठमाडौंमा स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनले आयोजना गरेको लघु चलचित्रको प्रतिस्पर्धा मुलक कार्यक्रममा ‘तेश्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा थर्ड आई उत्कृष्ट भएको हो । काठमाडौंमा सम्पन्न यो प्रतियोगिता विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । 

प्रतिस्पर्धामा थर्ड आईले अन्य तीन वटा अवार्ड पनि जितेको छ । जसमा थर्ड आईबाटै सोसियल फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड आशुतोष अधिकारीले प्राप्त गरेका छन् भने अभिनेत्री तर्फ जुरीको अवार्ड थर्ड आईबाट अभिनेत्री कमला अधिकारीले प्राप्त गरिन । यही फिल्मबाट केडी प्रसितले सह अभिनेताको अवार्ड हाँसिल गरे । 

सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अवसानबाट कल्यान अधिकारीले जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बाँस्तोलाले चुमेका छन् । अभिनेत्रीको अवार्ड फिल्म म मेरी बहिनी र उबाट सुजाता तिमल्सिनाले हाँसिल गरिन् । 

यस्तै सो प्रतिस्पर्धामा फिल्म दानबबाट मोहम्मद रफी शाहले दानवबाट निर्देशन तर्फ नै जुरी अवार्ड प्राप्त गरे भने फिल्म १२ ए एमबाट नव निर्देशकको अवार्ड दिवस गिरीले प्राप्त गरे । उत्कृष्ट छायाँकारको फिल्म कलेज लाइफबाट मनोज चौधरीले पाए । उत्कृष्ट सम्पादनको अवार्ड फिल्म इतिबाट नविन निरौलाले प्राप्त गरेका छन् ।

यस्तै नव अभिनेताको अवार्ड द टाईमबाट अभिषेक खकुरेलले प्राप्त गरे । यस्तै नव निर्देशकको अवार्ड पनि द टाईमबाटै सुदीप कुँवरले जिते ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा चलचित्र निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णु प्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी थिए ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा यो अवार्ड सम्पन्न भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप