
मकवानपुरमा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने

मकवानपुरका आजबाट बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरेर जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले अभियानको रुपमा कोभिड-१९ विरुद्धको खोप लगाउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका २७ जिल्लाका ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी अनुसार मकवानपुरमा पनि सो कार्यक्रम सुरु हुने भएको हो ।
जिल्लाका १० वटै पालिकाका १०२ वटा स्वास्थ्य संस्थाका ३०० भन्दाबढी स्वास्थ्यकर्मीहरुले सम्बन्धित वडा कार्यालयको समन्वयमा खोप कार्यक्रम संचालन गर्ने छन् । खोप कार्यक्रम संचालनका लागि विद्यालयलाई नै खोप केन्द्रको रुपमा प्रयोग गरिने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
खोप लगाउने समुहका बालबालिकाहरु विद्यालयमा नै हुने भएकाले खोप केन्द्र विद्यालयलाई निर्धारण गरिएको उनले बताए । खोप केन्द्र निर्धारण सम्बन्धित पालिका र वडाले गर्ने उनले बताए ।
उनका अनुसार खोप अभियानमा मकवानपुरका ६१ हजार ७५ जना बालबालिकालाई खोप लाइने लक्ष्य छ । यो खोपको पूरा मात्रा दुई पटक लगाएपछि हुने भएकाले बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने तयारी गरिएको उनले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ