शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा बिहानै टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बिहीबार, ०९ असार २०७९, ०८ : ३५
बिहीबार, ०९ असार २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे ठोक्किन पुगेको थियो । 

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । मृतकको  सनाखत हुन बाँकी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप