कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल
यौन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेका थिए ।
पूर्वी सहर जिनानको अदालतले उक्त सजाय सुनाएको हो । महिलालाई आक्रमण गर्नुअघि रक्सी पिउन बाध्य पारेको फैसलामा उल्लेख छ ।
ती महिलाले आफ्नो आरोप सार्वजनिक गरेपछि अलिबाबाले उनलाई बर्खास्त गरेको थियो । उनीमाथि भएको यौन दुव्र्यवहारको घटना चिनियाँ सञ्चार माध्यममा छाएको थियो । उनीमाथिको दुव्र्यवहार चिनियाँ महिलाहरूले कार्यस्थलमा भोग्नुपरेको उत्पीडनलाई उजागर गरेको छ । फैसलाको ग्राहकले अपील गर्ने बताएका छन् ।
चीनमा धेरैजसो यौनदुर्व्यवहारका मुद्दाहरू अदालतमा पुग्दैनन् । अलिबाबाका कर्मचारीले गत अगस्टमा कम्पनीले कारबाही गर्न असफल भएको सार्वजनिक रुपमा गुनासो गरेकी थिइन् । उनले सोही यात्रामा एकजना वरिष्ठ सहकर्मीलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई बर्खास्त गरियो, तर पछि उनीविरुद्धको फौजदारी मुद्दा खारेज गरिएको थियो ।
डिसेम्बरमा यो महिलालाई अलिबाबाले बर्खास्त गरेको थियो । उनले झूटा कुराहरू फैलाए कम्पनीको प्रतिष्ठालाई हानि पुर्याएको उनको बर्खास्ती पत्रमा उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ देशका कर प्रशासक र विज्ञ नेपालमा
-
आमा र माटोको कनेक्सन टुटाउन हुँदैन
-
जसपा नेपालसँग बहुमत सदस्य रहेको उपेन्द्र यादवको दाबी
-
आलिया दोस्रो पटक डिपफेकको शिकार
-
शाहिद-करिनाको तारिफ गर्दै इम्तियाजले भने, ‘ब्रेकअपपछि पनि दुवैले व्यावसायिक भएर काम गरे’
-
कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय