शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

मोबाइलको आयात घट्यो

बिहीबार, ०९ असार २०७९, ०६ : २०
बिहीबार, ०९ असार २०७९

मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल  आयात  भइरहेकामा  पछिल्ला  दुई  महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले  वैशाख  दोस्रो  साता  छ  सय  डलरभन्दा  बढी  मूल्यका  मोबाइल  सेट  असारसम्म  आयात  गर्न  रोक  लगाएपछि  त्यसको असर देखिन थालेको हो । 

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप