बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माने बायर्नमा अनुबन्धित

बुधबार, ०८ असार २०७९, २३ : १५
बुधबार, ०८ असार २०७९

साडियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । सेनेगलका फरवार्डलाई क्लबमा अनुबन्ध गरेको बायर्नले जनाएको छ ।  बार्यनले उनलाई लिभरपुलबाट अनुबन्ध गरेको हो । 

जर्मन च्याम्पियनसँग मानेले सन् २०२५ सम्मको सम्झौता गरेका छन् । बायर्नले मानेलाई लिभरपुलबाट ३५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । ३० वर्षीय फरवार्ड मानेले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितेका थिए । माने सन् २०१६ मा साउथ ह्याम्पटनबाट लिभरपुल आएका थिए ।

उनले लिभरपुलका लागि २६९ खेलमा १२० गोल गरेका छन् । मानेले गत महिना आफू सेनेगलका समर्थकले चाहेमा बायर्न जाने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप