बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योगमा फरार एक जना पक्राउ

बुधबार, ०८ असार २०७९, २१ : ५५
बुधबार, ०८ असार २०७९

प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विसं २०७८ असोज १० गते मोरङको विराटनगरस्थित उच्च अदालत गेट अगाडि कमल सिंह लामालाई खुकुरी प्रहार गरी फरार भक्तपुर मध्यपुरथिमिका ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले ज्यान मार्ने उद्योगमा फरार रहेका राजवाहकलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका राजवाहकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरी उपरीक्षक थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप