बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

डुम्रे-बेँसीशहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो

बुधबार, ०८ असार २०७९, २१ : ४०
बुधबार, ०८ असार २०७९

लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीशहर नगरपालिका १ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । 

उदीपुरमा पहिरोको विकल्पमा पहिरो तल मर्स्याङ्दी किनारबाट सडक निर्माण गरि बुधबार साझ साढे ७ बजेबाट सडक सुचारु गरीएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनले भने, ‘पहिरोले अवरुद्ध सडक खुलाउन आइतबारदेखि बैकल्पिक सडक निर्माण गर्न सुरु गरिएको हो ।’ 

उनका अनुसार पहिरो तल मर्स्याङ्दी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने बैकल्पिक मार्ग प्रयोग गरिएको छ ।  आइतबारदेखि साना सवारीहरू मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरेका थिए भने ठुला सवारीसाधन आवतजावत गर्न सकेको थिएन ।

ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण गरिएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तले भने पहिरो युक्त जोखिम क्षेत्रबाट आवतजावत गर्नुपर्ने भएकाले राती र पानी परेको समयमा सावधानी अपनाउन आग्रह गरीएको छ । उदीपुरमा वर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप