तुलसीपुर कारागारमा रहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माइन्
बुधबार, ०८ असार २०७९, २१ : ३७
दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् ।
बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो । राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् ।
उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्थाले बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन