संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन ल्याउन कर्मचारीका पाँच संगठनको माग
कर्मचारीसम्बद्ध विभिन्न संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन्। पाँच वटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन ल्याउन माग गरेका हुन्।
कर्मचारीको सेवाको सुरक्षा, पेशागत हित हुने गरी ट्रेड युनियनले विगतदेखि उठाएका माग सम्बोधन गरी संघीय निजामती सेवा ऐन ल्याउन उनीहरूले सरकारसँग उनीहरुले माग गरे । संघीय निजामती सेवा ऐन चालु अधिवेशनबाट जारी नभएमा आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
संयुक्त ट्रेड युनियन सञ्जालको बैठक गरेर उनीहरूले आन्दोलन तयारीका लागि संयुक्त संघर्ष समितिहरु गठन गरिएको पनि बताए । संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा मुलुकको सार्वजनिक प्रशासन अन्योलता र अस्थिरताको भुमरीमा परेको उनको भनाइ छ ।
निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा पर्न नसक्नु गम्भीर चिन्ताको विषय भएको उनीहरुको भनाइ छ । प्रदेश सरकार र स्थानीय तह गठन भएको चार वर्षभन्दा बढी समयसम्म कर्मचारी प्रशासन सम्बन्धी कानून निर्माण हुन नसक्दा राष्ट्रसेवक कर्मचारीको वृत्ति विकासको मार्ग अवरुद्ध भइ निजामती प्रशासन गतिहीन बनेको उनीहरुको आरोप छ ।
निजामती सेवामा कार्यरत कर्मचारीहरुको मनोभावना विपरीत जवरजस्ती रुपमा गरिएको समायोजन र निजामती सेवामा कार्यरत कर्मचारीहरुको मनोवल कमजोर गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती सेवा ऐन सम्बन्धी विधेयकको मस्यौदाले निजामती सेवालाई झनै कमजोर बनाउने भन्दै त्रुटी सच्याउने गरी निजामती सेवा ऐन जारी हुन आवश्यक रहेको उनीहरुको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण