नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय
सत्ता गठबन्धनले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । बैठकपछि सञ्चारमन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले, ‘हाम्रो समाजमा बुवा र आमा नेपाली नागरिक हुँदा पनि सन्तानले नागरिकता नपाएको अवस्था छ । त्यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ ।’ बजेट पारित भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी थालेको छ ।
विधेयक अगाडि बढाउने विषयमा राजनीतिक वातावरण निर्माणका लागि गृहमन्त्री बालकृष्ण खाणले अग्रसरता लिएका छन् । उनले गठबन्धन र विपक्षी दलका नेतृत्वसँग छलफल गरेका थिए । बैठकले अब नागरिकता विधेयक अगाडि बढाउन गठबन्धनले निर्णय गरेको मन्त्री कार्कीले बताए । बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए ।
कार्कीका अनुसार कानुनमन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियाबारे अहिलेसम्म भएका प्रगति प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । चाडैं शान्ति प्रक्रियाको विषय टुंग्याउने सहमति भएको मन्त्री कार्कीको भनाइ छ । यस्तै महँगी बढेको विषयमा छलफल भएको उनले बताए । महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण