शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको मृत्यु

बुधबार, ०८ असार २०७९, १८ : ११
बुधबार, ०८ असार २०७९

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा ५ जना सवार रहेका थिए ।

जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले बताए ।  

ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान प्रहरीको छ । गाडी सडकबाट २० मिटर तल खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप