बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रासायनिक मल उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

बुधबार, ०८ असार २०७९, १७ : ५४
बुधबार, ०८ असार २०७९

बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने कार्य सुरु गरेको छ । प्रदेश सरकारले काठमाडौं विश्व विद्यालय काभ्रेसँग सम्झौता गरी प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने काम सुरु गरेको हो ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एक कार्यक्रमका बीच काठमाडौं विश्व विद्यालय काभ्रेसँग लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयारीका लागि सम्झौता गरेको हो ।

सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट कृषि तथा पशुपक्षी मन्त्री वसुन्धरा हुमागाईं र काठमाडौ विश्वविद्यालय काभ्रेका तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हस्ताक्षर गरेका छन् ।

आगामी १ वर्ष भित्र काठमाडौ विश्वविद्यालय काभ्रेले सम्भाव्यता अध्ययन गरी विस्तृत प्रतिवेदन बनाएर मन्त्रालयलाई बुझाउनु पर्नेछ । प्रतिवेदन तयार गर्न विश्व विद्यालयलाई प्रदेश सरकारले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा गरेर कुल ५० लाख रुपैयाँ खर्चिने भएको छ । प्रदेश सरकारले रसायनिक मल उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि लागि चालु आर्थिक वर्षमा विश्वविद्यालयलाई २० लाख रुपैयाँ दिनेगरी सम्झौता गरेको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्री हुमागाईले सरकारले रासायनिक मल उद्योग स्थापनाको लागि प्रदेश सरकारले पब्लिक प्राइभेट पार्टनरसीप मोडेलमा अघि बढ्ने बताए । उनका अनुसार रसायनिक मल उद्योग स्थापनाको लागि करीब ६० अर्ब लागत अनुमान गरिएको छ ।

कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण तथा औद्योगिकिकरण गर्दै कृषिजन्य वस्तुको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी कृषिको रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।

विश्वविद्यालयले आगामी ६ महिनाभित्र बार्षिक २ सय मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापनाको विस्तृत प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले जानकारी दिए । उक्त प्रतिवेदनका आधारमा सरकारले रसायनिक मल उद्योग स्थापना गर्ने कार्यलाई थप अघि बढाउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप