आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश युवा महोत्सव हुँदै

बुधबार, ०८ असार २०७९, १७ : ५२
बुधबार, ०८ असार २०७९

मधेश प्रदेशमा पहिलो पटक मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ देखि १६ गतेसम्म दुई दिने महोत्सव हुन लागेको हो । 

बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गर्दै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको बताए ।

महोत्सवको उद्देश्य मधेशका युवाहरूको सीप र दक्षता  पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका बारेमा सर्वपक्षीय विमर्श गर्ने, मधेश प्रदेशलाई देशकै विशिष्ट प्रदेश बनाउनका लागि पहलकदमी लिनेलगायतको रहेको बताए । 

महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने  योजना बनाइएको छ ।  दोस्रो दिनमा मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको  विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धताका लागि आव्हान गरिने मन्त्री सिंहले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप