सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वमिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध

बुधबार, ०८ असार २०७९, १७ : ५१
बुधबार, ०८ असार २०७९

पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगितामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् ।

प्रतियोगिताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ । ११ असार अर्थात २५ जुनबाट सुरु हुने प्रतियोगिताको छनौट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप