गठबन्धनले एकीकृत समाजवादीको अपमान गर्यो : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका छन् । बुधवार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।
उनले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउने जति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे । सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भनेपनि त्यो संख्या झन्डै २० लाख रहेको बताए । उनले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हितको लागि नमूना काम गर्नुपर्ने बताए ।
सम्मानित नेता खनालले भने, ‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौँ, नौ होइन, २० लाख भन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौँ । यसमा हाम्रा पनि केही त्रुटी कमजोरिहरु रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान ग¥यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ । तर जति उपलब्धी प्राप्त गरेका छौँ, त्यसलाई दृढतापूर्वक रक्षा गरेर त्यसलाई अधिकतम रुपले देश, जनता, राष्ट्र परिवर्तन र समाजवादको हितमा प्रयोग गरेर अघि जानुपर्छ । थोरै संख्या भएपनि हामी आगोको फिलुङ्गो जस्तै हो । त्यस्तो हामीले बन्नुपर्छ । अर्कोपटक अहिले गरेका नमूना कामले नै जित्ने हो ।’
सम्मानित नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरुद्धमा आफ्नो पार्टी रहेको बताए । सम्मानित नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त