काँग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा
बुधबार, ०८ असार २०७९, १७ : ४०
सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।
उपसभापति गुरुङले कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुपको संज्ञा दिए । ‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्री पदमा टाँसिरहने । जिम्मेवारी पुरा गर्न नसकेपछि राजीनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ?,’ सामाजिक सञ्जालमार्फत उनले प्रश्न उठाएका छन् ।
लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो नभएको भन्दै उनले जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण