शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा

बुधबार, ०८ असार २०७९, १७ : ४०
बुधबार, ०८ असार २०७९

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । 

उपसभापति गुरुङले कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुपको संज्ञा दिए । ‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्री पदमा टाँसिरहने । जिम्मेवारी पुरा गर्न नसकेपछि राजीनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ?,’ सामाजिक सञ्जालमार्फत उनले प्रश्न उठाएका छन् । 

लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो नभएको भन्दै उनले जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप