ad
x

भीमफेदी कारागारका कैदीको मृत्यु

person explore access_timeअसार ८, २०७९ chat_bubble_outline0

मकवानपुरको भीमफेदी कारागारमा कैद सजाय भोगिरहेका एक जनाको मृत्यु भएको छ । लागुऔषध कारोबारमा पक्राउ परेका हेटौंडाका ३४ वर्षका युवकको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी कारगारमा कैदी जीवन बिताइरहेका हेटौंडा—२ का मिलन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।


भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङका अनुसार ७ वर्षका लागि कैदी तोकिएको परियारलाई मंगलबार अचानक छाती पोल्ने र दुख्ने समस्य देखिएको थियो । स्वास्थ्यमा समस्या देखिए लगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा लगिएको थियो । स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि परियारलाई थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरेको थियो ।



उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको प्रहरीको भनाई छ । परियारले ७ वर्ष तोकिएको कैद सजायमध्ये ३ वर्ष बिताइसकेका थिए । परियारको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने हालसम्म परियारको पोस्टमार्टम हुन सकेको छैन । परियारको मृत्युका बारेमा भने कुनै खुलासा भएको छैन । परियारको मृत्युको विषयमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।