सचिवालय बैठकमा नेपालले भने - मन्त्री फेर्ने निर्णयबारे आज छिनोफानो हुन्छ
नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए ।
एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेताहरुले बैठकमा अध्यक्ष नेपालको ध्यानाकर्षण गरेका थिए ।
अब बस्ने पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकअघि पार्टीको निर्णय कार्यान्वयनमा नेताहरुको जोड थियो । नेताहरुले प्रश्न उठाएपछि अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएको तुलाधरको भनाइ छ ।
आफूहरुको निर्णय कार्यान्वयन नगर्ने कुरा राम्रो नभएको भन्दै आजै गठबन्धनको बैठकमा कुरा उठाउने अध्यक्ष नेपालको भनाइ थियो । गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी छ । एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण