शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवालय बैठकमा नेपालले भने - मन्त्री फेर्ने निर्णयबारे आज छिनोफानो हुन्छ

बुधबार, ०८ असार २०७९, १६ : ५५
बुधबार, ०८ असार २०७९

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए । 

एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेताहरुले बैठकमा अध्यक्ष नेपालको ध्यानाकर्षण गरेका थिए । 

अब बस्ने पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकअघि पार्टीको निर्णय कार्यान्वयनमा नेताहरुको जोड थियो । नेताहरुले प्रश्न उठाएपछि अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएको तुलाधरको भनाइ छ । 

आफूहरुको निर्णय कार्यान्वयन नगर्ने कुरा राम्रो नभएको भन्दै आजै गठबन्धनको बैठकमा कुरा उठाउने अध्यक्ष नेपालको भनाइ थियो । गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी छ । एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप