बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आरोही श्रेष्ठ र कान्स अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

बुधबार, ०८ असार २०७९, १६ : ४८
बुधबार, ०८ असार २०७९

नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाईका ७ वटा हिमालको सफल आरोहण गरेकी थिइन् ।

उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोहण गरेकी थिइन् । यस्तै पटकथा र सिर्जनशीलता विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवार्ड जिनेका थिए ।

परिसंघको उपाध्यक्ष समेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दीपकराज जोशीले उनीहरूलाई उपलब्धीको प्रशंसा गर्दै सम्मान गरे । उनीहरूको यस सफलताले नेपालको पर्यटन प्रबर्द्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप