बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीशलाई घुस प्रकरण : वकिल भन्छन्,  ‘षड्यन्त्र भयो, कानुनी उपचार खोज्दै छु’

बुधबार, ०८ असार २०७९, १६ : १८
बुधबार, ०८ असार २०७९

इच्छाराज तामाङको मुद्दामा न्यायाधीशलाई घुस अफर गरेको अडियो बाहिरिएपछि कानुन व्यवसायी रुद्र पोखरेलले आफूले आफैलाई निलम्बनको घोषणा गरेका छन् । उनले आफू त्यस किसिमको कुनै पनि वार्तामा संलग्न नरहेको बताउँदै आफूमाथि भएको षड्यन्त्र उपर कानुनी उपचारको खोजीमा रहेको पनि बताएका छन् ।

यस प्रकरणको नेपाल बार एसोसिएसन र बार काउन्सिललाई छानबिन उनले गर्न मागसमेत  गरेका छन् । उनले भनेका छन्, ‘हालै सार्वजनिक भएको अडियोको छानबिन होस, यस किसिमको वार्तामा म संलग्न छैन । नेवाए र बार काउन्सिलबाट हुने यस प्रकरणको छानबिनमा म उचित र पर्याप्त सहयोग गर्न तयार छु । हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन  गरेको छु  र कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु । म उपर भएको षड्यन्त्र उपर कानुनी उपचारको खोजीमा छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप