न्यायाधीशलाई घुस प्रकरण : वकिल भन्छन्, ‘षड्यन्त्र भयो, कानुनी उपचार खोज्दै छु’
इच्छाराज तामाङको मुद्दामा न्यायाधीशलाई घुस अफर गरेको अडियो बाहिरिएपछि कानुन व्यवसायी रुद्र पोखरेलले आफूले आफैलाई निलम्बनको घोषणा गरेका छन् । उनले आफू त्यस किसिमको कुनै पनि वार्तामा संलग्न नरहेको बताउँदै आफूमाथि भएको षड्यन्त्र उपर कानुनी उपचारको खोजीमा रहेको पनि बताएका छन् ।
यस प्रकरणको नेपाल बार एसोसिएसन र बार काउन्सिललाई छानबिन उनले गर्न मागसमेत गरेका छन् । उनले भनेका छन्, ‘हालै सार्वजनिक भएको अडियोको छानबिन होस, यस किसिमको वार्तामा म संलग्न छैन । नेवाए र बार काउन्सिलबाट हुने यस प्रकरणको छानबिनमा म उचित र पर्याप्त सहयोग गर्न तयार छु । हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु । म उपर भएको षड्यन्त्र उपर कानुनी उपचारको खोजीमा छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण