ad
x

हाम्रो अनुहारमा हुर्किरहेका छन् किरा, ‘घर’ नै बनाइरहेका छन् : शोध

person explore access_timeअसार ८, २०७९ chat_bubble_outline0

तपाईंको अनुहारमा लगातार घुन हुर्किरहेका छन् । राती ती घुनले तपाईंको अनुहारमा नै यौन सम्बन्ध स्थापित गर्छन् । आफ्नो जनसंख्या बढाउँछन् । टाउको छालामुनि छिराउँछन् । पुच्छर र अन्य अंग भने बाहिर निकाल्छन् । धर्तीमा भएका धेरैजसो मानिसको कहानी यस्तै नै हो । मानिस एउटा एक्लो जीव हो जसको अनुहारमा डेमोडेक्स फालिकुलोरम नामको घुन अर्थात् माइट्स बस्छन् । यी हाम्रो अनुहारको छालामा नै जन्मिन्छन् । हाम्रो छाला खान्छन् । त्यहिँ प्रजनन गर्छन्, त्यहिँ मर्छन् पनि ।


डेमोडेक्स फालिकुलोरम नामको घुनको पूरा जीवन तपाईंको मृत कोसिका खानमा नै बित्छ । यी मानिसमा यति निर्भर हुन्छन् कि कुनै अन्य जीवमा उनीहरु भर पर्नु नै पर्दैन । नयाँ अनुसन्धानबाट के पत्ता लागेको छ भने यिनीहरु सुरुवाती समय देखि नै मानिसकै अनुहारमा थिएनन् । पहिला यिनीहरु बाहिरी प्यारासाइट (एक्टोप्यारासाइट) थिए । जुन पछि आन्तरिक हिस्सामा समाहित भए र अब मानिससँग यिनीहरुले पारस्परिक सम्बन्ध निभाइरहेका छन् ।



करोडौँ वर्षदेखि हाम्रो अनुहारमा जिउँदो छन् यी प्यारासाइट



समय सँगै डेमोडेक्स फालिकुलोरम घुन मानिसको शरीरसँग घुलमिल भइरहेको देखिएको छ । यसका साथै यिनिहरु विकसित पनि भइरहेका छन् । अब यिनीहरु स्थायी रुपमा नै हाम्रो शरीरमा बसिरहेका छन् । वैज्ञानिकले अब यो घुनको जिनोम सिक्वेन्सिङ गरेको छ । यसमार्फत् यी जीवलाई मानिसको अनुहारको छाला किन मनपर्छ, यहाँ नै किन बस्छन् भन्ने जानकारी प्राप्त गर्न खोजिएको छ ।



मानिसको विकाससँगै यिनीहरुको पनि विकास भयो



इंग्ल्याण्ड स्थित युनिभर्सिटी अफ रिडिङ्गको इनभर्टिब्रेट बायोलोजिस्ट अलेजान्ड्रा परोट्टीले यी जीवको जिनमा असाध्यै धेरै परिवर्तन भएको जानकारी दिए । उनले भने, ‘यिनीहरुको शारीरिक संरचनामा पनि निकै परिवर्तन आएको छ किनभने यी छालाको प्वाल (रोम छिद्र) मा बस्छन् । यी छिद्रमा बस्ने भएकोले यिनीहरुको डिएनएमा पनि निकै परिवर्तन आइरहेको छ । उनीहरुको शरीर र व्यवहारमा पनि परिवर्तन भएको छ ।



अनुहारमा जन्मिने, यौन सम्बन्ध राख्ने र मर्ने, यत्ति मात्रै हो काम

डेमोडेक्स फालिकुलोरमको एउटै खाना मानिसहरुको अनुहारको छाला हो । यसको जीवन चक्र दुई हप्ताको मात्रै हुन्छ । यो जीवन उनीहरुले मानिसको अनुहारमा नै बिताउँछन् । यिनीहरु राती मात्रै रोम छिद्रबाट बाहिर निस्कन्छन् । छालाको चारैतिर टहल्छन् । साथी खोज्छन्, उनीहरुसँग यौन सम्बन्ध स्थापित गर्छन् । त्यसपछि चुपचाप आफ्नो रोमछिद्रमा सुरक्षित भएर बस्ने गर्छन् ।

अब अनुसन्धान भइरहेको छ – यसबाट मानिसलाई के फाइदा ?

यो घुनको लम्बाई एक मिलिमिटरको एक तिहाई हुन्छ । यसका स–साना धेरै खुट्टा हुन्छन् । एउटा मुख हुन्छ । यसबाहेक लामो पुच्छर जस्तो शरीर हुन्छ । यसमार्फत् यिनीहरु निकै सजिलै रोमछिद्रमा प्रवेश गर्न सक्छन् । त्यसपछि मृत कोसिका खान्छन् । अचम्मको कुरा के छ भने यसको शिकार कसैले पनि गर्दैन । यिनीहरु मानिसको अनुहारमा निकै आनन्दले आफ्नो दुई हप्ताको जीवन व्यतित गर्छन् । त्यसपछि मर्छन् । अब वैज्ञानिकले यसले मानिसलाई फाइदा पुर्याउँछ वा हानी हुन्छ भन्नेबारे अनुसन्धान गरिरहेका छन् । यो अनुसन्धान हालै मोलिक्युलर बायोलोजी एन्ड इभोलुसनमा प्रकाशित भएको छ ।

बीबीसी

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।