अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजारमा आउँदै
नेपाली बजारमा अनर ब्राण्डका तीन फरक मोडलका स्मार्टफोन सार्वजनिक हुने भएको छ । नेपालका लागि अनर को आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स७|एक्स८|एक्स९ बाजारमा ल्याउन लागेको हो ।
अनर एक्स७ मा ५ हजार एमएच ब्याट्री रहेको छ । यसले प्रयोगकर्ताहरूलाई एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिन्छ। अनर एक्स७ ४७ डिग्री कर्भका साथ डिजाइन गरिएको छ । यो केवल 8.62mm पातलो छ भने यसमा ६.७४ इन्चको अनर फुलभ्यू लिक्विड क्रिस्टल डिस्प्ले रहेको छ । अनर एक्स७ क्वालकम स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ । यसमा र्‍याम टर्बो (4GB+2GB) पनि छ ।
फोनमा ४८ मेगापिक्सलको मेन क्यामेरा, ५ मेगापिक्सलको वाइड एंगल क्यामेरा, २ मेगापिक्सलको सेन्सिङ म्याक्रो क्यामेरा र २ मेगापिक्सलको सेन्सिङ बोकेह क्यामेरा समावेश गरी बलियो क्वाड क्यामेरा रहेको छ ।
अनर एक्स८ अविश्वसनीय रूपमा पातलो र स्टाइलिश अनर एक्स८ अल्ट्रा स्लिम र हल्का वजनको साथ डिजाइन गरिएको कम्पनीको भनाइ छ । यो केवल ७.४५ एमएम मोटो र १७७ ग्राम तौल भएको छ । अनर एक्स८ ले ६.७ इन्चको अनर फुलभ्यू डिस्प्लेको प्रदान गर्दछ। स्क्रिन रिजोल्युसन 2388x1080 पिक्सेल छ । यसमा ६४ मेगापिक्सलको मुख्य क्यामेरा, ५ मेगापिक्सलको वाइड एंगल क्यामेरा, २ मेगापिक्सलको सेन्सिङ म्याक्रो क्यामेरा र ५ मेगापिक्सलको सेन्सिङ बोकेह क्यामेरा जडान छ । यो पनि क्वालकम स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ ।
अनर एक्स९ मा 4800mAh को लामो समयसम्म चल्ने ब्याट्री छ । यसको सुपरचार्ज टेक्नोलोजीले जसले केवल 15 मिनेटमा 48% र 30 मिनेटमा 80% चार्ज गर्न सक्छ । स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ । यसमा र्‍याम टर्बो (8GB + 2GB) रहेको छ । जुनको तेस्रो सातादेखि नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार