शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनाभित्र ३ हजारलाई रोजगारी दिने पोखरा महानगरको नीति (पूर्णपाठसहित)

बुधबार, ०८ असार २०७९, १५ : ३८
बुधबार, ०८ असार २०७९

छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिलाउने घोषणा सहित पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार पोखरा सभागृहमा बसेको ११ औं नगरसभामा मेयर धनराज आचार्यले सो कार्यक्रम सार्वजनिक गरेका हुन् । १२ कक्षासम्मको अध्ययन सकेर बसेका विद्यार्थीलाई लक्षित गरी आचार्यले सो घोषणा गरेका हुन् ।

आफ्नो नीति तथा कार्यक्रममा मेयर आचार्यले ‘समुन्नत पर्यटकीय पोखरा’ भन्ने नारालाई विकासको प्रस्थान बिन्दु बनाएका छन् । जस अन्तरगत दीगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित शहरी विकास, उत्थानशील पर्यटकीय पुर्वाधार विकास लगायतका बुँदाहरु समेटिएका छन् ।

यसैगरी महानगरले ‘कृषि उत्पादनमा बृद्धि, महानगरको सम्बृद्धि’ को अवधारणा पनि आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । जसका लागि बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म भन्ने अभियान सञ्चालन गरिनेछ । मेयर आचार्यले आगामी दुई वर्षभित्र महानगरमा पोलका तारलाई भूमिगत बनाईने घोषणा गरे । यस्तो घोषणा उनी अघिका मेयर मानबहादुर जिसीले पनि गरेका थिए । तर उनको घोषणा घोषणामा मात्रै सीमित भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप