
ग्लोबल आइएमई बैंकले हज यात्रीलाई सटहीको सुविधा प्रदान गर्ने

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामंगल शाखा कार्यालयहरूबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ