शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘लिभिङ टुगेदरमा बस्ने अनि बलात्कारको आरोप लगाउने ?’

बुधबार, ०८ असार २०७९, १५ : २६
बुधबार, ०८ असार २०७९

नेकपा एमालेका सांसद झपट रावलले लिभिङ टुगेदरको व्यवस्थामा स्पष्टता जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कतिपयले लिभिङ टुगेदरमा बस्ने अनि बलात्कारको आरोप पनि लगाइदिने प्रवृत्ति देखिएको भन्दै यसमा  देखिएको विकृति हटाउन जरुरी रहेको बताए । 

‘लिभिङ जुगेदरमा बस्ने पनि बलात्कार जस्ता जघन्य  आरोप पनि लगाइदिने ?’, उनले भने, ‘यो त व्यवसाय जस्तो भयो ।’ रावलले ३/४ वर्ष लिभिङमा बसेकाहरुले बलात्कारको मुद्दा दायर गरेको पाइएको पनि बताए । 

उनले बलात्कारको घटनालाई वर्गीकरण गर्नुपर्ने पनि बताए ।  ‘नाबालकको हकमा, समान उमेरका हकमा र उमेर पुगेकाहरुको हकमा छुट्टाछुट्टै कानुन निमार्ण गर्नुपर्छ’ उनले भने ‘नत्र समाज विखण्डनमा जान्छ ।’ बलात्कारसम्बन्धी प्रस्तावना विधेयकले यौन हिंसाको एक मात्र पाटोलाई समेटेको भन्दै उनले यो प्रस्ताव एकपक्षीय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप