अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो
बुधबार, ०८ असार २०७९, १५ : १३
अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महसुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । पछिल्लो एक दशकमा भूकम्पमा परेर अफगानिस्तानमा ७ हजार जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’