बलात्कारसम्बन्धी झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्छ : डिला संग्रौला
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले जबरजस्ती करणी तथा बलात्कारको मुद्दामा झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्ने बताएकी छन् । बुधबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हदम्याद राख्दा निर्दोष फस्ने सवालमा झुटो मुद्दा हाल्नेलाई कडा कारवाही गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘प्रमाण नष्ट हुने र निर्दोष फस्ने जस्ता कुरा गरेर पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन ।’ उनले ‘फौजदारी अपराध संहिता ऐन २०७४ को दफा २२९ अनुसार यदि कसैलाई जबरजस्ती करणी गरेको छ भने पीडितले कसुर भएको मितिको एक वर्षभित्रमा दर्ता गरिसक्नु पर्नेछ’ भन्ने दफामा सबैको ध्यानाकर्षण हुन जरुरी रहेको बताइन् । यो समय अप्राप्त भएको उनको भनाइ छ ।
हदम्याद हटाउने विषय अतार्किक र असमान कानुनको परिकल्पना भएको उनको जिकिर छ । हदम्यादकै कारणले पीडितले न्याय नपाउने स्थिति हुनु भनेको कानुनले सुरक्षित गरेको मौलिक हक कागजको खोस्कोमा सीमित रहनु जस्तै रहेको उनको भनाइ छ ।
उनले ५० प्रतिशत यौन हिंसाको घटना अदालतमा नपुग्ने गरेको पनि बताइन् । ‘यो भनेको हाम्रो न्यायिक प्रणाली द्रुत छैन’ उनले भनिन्, ‘यौन हिंसाको सुनुवाइको लागि छुटै द्रुत न्यायिक प्रणाली विशिष्टीकरण गर्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ