आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोल्यो बार एशोसिएशन

बुधबार, ०८ असार २०७९, १४ : ४३
बुधबार, ०८ असार २०७९

नेपाल बार एसोसिएसन न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोलेको छ । बारका महासचिव अन्जिता खनालले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो  सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एशोसिएसनले सदैव पहरेदारी गरि आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोख्रेल बीचमा ई.इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ । 

बारले सार्वजनिक अडियोका सम्बन्धमा छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप