दर्ता हुन नपाउँदै रवि लामिछानेको पार्टीलाई विवादमा तान्ने प्रयास
दर्ता हुन नपाउँदै रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई विवादमा तान्ने प्रयास भएको छ । लामिछानेले २१ जना कार्यसमितिको नामावलीसहित निर्वाचन आयोगमा मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए । लामिछानेले पार्टीको नाममा ‘स्वतन्त्र’ शब्दको प्रयोग गरेको भन्दै विवाद निकालिएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले पनि बुधबार नै आयोगमा उजुरी दिएका छन् । स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न उनको माग छ ।
आयोग लामिछानेले दल दर्ताका लागि दिएको निवेदन अध्ययनकै क्रममा रहेका बेला दर्ता रोक्न दुई छुट्टाछुट्टै निवेदन परेको हो । सामाजिक सञ्जलामा पनि कतिपयले सामाजिक सञ्जालमार्फत ‘स्वतन्त्र’ को उपहार भएको टिप्पणी गरेका छन् । तर, लामिछानेले भने यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । लामिछानेले पार्टी कार्यालय बसुन्धरामा खोलेको भएपनि पार्टीका गतिविधि र केन्द्रीय समिति सदस्यका विषयमा समेत विस्तृतमा खुलाएका छैनन् । मंगलबार राष्ट्रिय सभागृहबाट घोषणा भएको नयाँ पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण